११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको महाधिवेशन असार ६ देखि ८ सम्म चितवनमा गर्ने निर्णय



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको प्रथम महाधिवेशन आगामी असार ६, ७ र ८ गते चितवनमा गर्ने निर्णय गरेको छ।

बैठकले संगठनात्मक विस्तार, नीति–कार्यक्रमको सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी तयारीलाई समेत प्राथमिकतामा राख्दै महाधिवेशनको मिति र स्थान तय गरेको हो।

चितवनमा हुने उक्त महाधिवेशनलाई पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनका रूपमा लिइएको छ। महाधिवेशनमार्फत पार्टी नेतृत्व, नीति तथा आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

पार्टीका नेताहरूका अनुसार महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।