१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

‘दिसा-पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’

‘दिसा-पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
अ अ+ अ-

काठमाडौँ । ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौँ शौचालय दिवस भोलि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । नेपालका अधिकांश शहरी क्षेत्रमा सो प्रावधानको कार्यान्वयन त परै जावोस् सार्वजानिक शौचालय पनि सीमितरुपमा मात्र छन् ।

लामो सयमदेखि काठमाडौँ उपत्यकाको सार्वजनिक शौचालयको सुधारमा निरन्तर पैरवी गर्दै आउनुभएका गुठी नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशक प्रकाश अमात्य भन्नुहुन्छ, “नयाँ सार्वजानिक शौचालय बनाउन र भएका शौचालयको व्यवस्थापन तथा सञ्चालनमा राजनीतिक इच्छाशक्ति पटक्कै देखिएन ।”

काठमाडौँ महानगरपालिकाले रत्नपार्क वरिपरि रहेका सार्वजनिक शौचालयबाट मात्र वार्षिक रु १५ देखि रु ६० लाखसम्म बहालकर उठाउँछ । “उठाएको रकमको केही अंशमात्र यस क्षेत्रमा खर्च गर्ने हो भने पनि धेरै सुधार आउँछ”, उहाँ भन्नुहुन्छ ।

अर्कोतर्फ मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र एउटा पनि सार्वजानिक शौचालय छैन । सोही संस्थाले गरेको अध्ययनअनुसार काठमाडौँ उपत्यकामा दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त ठाउँमा सार्वजनिक शौचालय छैनन् ।

सार्वजनिक शौचालय नहुँदा बटुवाहरू बडो सकसमा पर्छन् । यस्ता ठाउँमा दिसा–पिसाबले च्यापेकाहरू नजिकैका होटल, खाजाघर छिरेर भोक नलागे पनि खानेकुरा खान बाध्य भई शौचालय प्रयोग गर्दछन् । समयमा दिसा–पिसाब न त्याग्ने हो भने रोगको सङ्क्रमणसमेत हुने चिकित्सकहरु बताउँछन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ९० प्रतिशत जनसङ्ख्यामा शौचालयको पहुँच रहेको छ । काठमाडौँ महानगरपालिकाको एक अध्ययनअनुसार महानगरमा सरदर २० हजार २८८ जनाको लागि एउटा सार्वजनिक शौचालय उपलब्ध छ । ३२ वडा रहेको महानगरका १६ वडामा त सार्वजनिक शौचालय नै छैनन् ।

हाल महानगरभित्र ५८ वटा मात्र सार्वजानिक शौचालय छन् । तीमध्ये पनि ४९ मात्र चालू अवस्थामा छन् । प्रयोगमा रहेका मध्ये १५ वटा शौचालयमा पानी उपलब्ध छैन । कतिपय शौचालयको फोहोरको निकास सोझै ढलमा मिसाइएको छ ।

कार्यकारी निर्देशक अमात्य भन्नुहुन्छ “उपत्यकाभित्रका अधिकांश सार्वजनिक शौचालयको संरचना खराब रहेको छ ।” उपत्यका भित्रका ११५ सार्वजनिक शौचालयको अध्ययन गर्दा ७५ प्रतिशत शौचालयको संरचना खराब रहेका थिए ।