२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा धान खरिद शुरु



अ+ अ-

नेपालगञ्ज । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ । संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ । मोटा र मध्यम गरी आजसम्म करिब एक हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले यस वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ५३२ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ६७३ मा खरिद गर्न मूल्य निर्धारण गरेको छ । कात्तिक २७ गतेबाट खरिद शुरु गरेको कार्यालयले यस वर्र्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको छ ।

बाँकेमा यस वर्ष धान उत्पादन राम्रो भएकाले लक्ष्यअनुसार खरिद गर्न सकिने सो कार्यालयको अनुमान छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, यो वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको छ । बाँकेका किसानहरुले यसवर्ष पनि राधा—४, सुख्खा—३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गरेका छन् ।