१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा धान खरिद शुरु



अ+ अ-

नेपालगञ्ज । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ । संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ । मोटा र मध्यम गरी आजसम्म करिब एक हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले यस वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ५३२ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ६७३ मा खरिद गर्न मूल्य निर्धारण गरेको छ । कात्तिक २७ गतेबाट खरिद शुरु गरेको कार्यालयले यस वर्र्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको छ ।

बाँकेमा यस वर्ष धान उत्पादन राम्रो भएकाले लक्ष्यअनुसार खरिद गर्न सकिने सो कार्यालयको अनुमान छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, यो वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको छ । बाँकेका किसानहरुले यसवर्ष पनि राधा—४, सुख्खा—३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गरेका छन् ।