२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल टावर सञ्चालन



अ+ अ-

डोल्पा । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो ।

दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा नियमित भएको गाउँपालिकाले जानकारी दिएको छ ।

चिनियाँ स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसातादेखि सिङ्गो गाँउपालिकानै सञ्चारविहीन भएको थियो । लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रबारदेखि सूचना आदान प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

भरपर्दो टावर नहुँदा पटकपटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याइएको सामान भने बीचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताउनुभयो । काइके गाउँपालिकामा भने टेलीफोन सेवा अझै सञ्चालन हुन सकेको छैन ।