१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

युनिभर्सलमा रमाइलो मेला

युनिभर्सलमा रमाइलो मेला
अ अ+ अ-

काठमाडौं । विषयगत ज्ञान त आजको शिक्षाको एउटा पक्ष मात्र हो । यसका साथै व्यावहारिक कुशलता, उच्च नैतिकता, स्वास्थ्य र मनेरञ्जन जस्ता विविध आयामहरूको पनि शिक्षाले प्रतिनिधित्व गरेको हुनुपर्छ ।


तसर्थ, शैक्षिक पूर्णताका लागि दत्तचित्त संस्थाहरूले आफ्नो शैक्षिक पात्रोमा विविध कार्यक्रमहरू राखेका हुन्छन् । यीनै कार्यक्रमहरू कार्यान्वयन गर्ने क्रममा काठमांडौको बालुवाटार, टुंडालदेवीमा अवस्थित युनिभर्सल कलेज प्रिपरेटरी स्कुलले यही र्काित्तक ३० गते शनिवार रमाइलो मेलाको आयोजना गरेको थियो ।

विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा टोल छिमेकका लागि खुला राखिएको सो मेलामा मनोरञ्जनात्मक खेलका १८ वटा स्टल र खानासम्बन्धी ६ वटा स्टलहरू थिए । निसानेबाजी, हुप ला, क्यान ढलाइ, मट्काफोर आदि स्टलहरूमा उल्लेख्य सहभागी थिए भने पानीपुरी, आइसक्रिम, नेवारी खाजा सेट, ममः आदि विषयका पनि स्टलहरु राखिएको थियो ।

विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरू सबै रमाइरहेको देखिँदा शिक्षिका सोनु गुरुङले भन्नुभयो, “बाहिर उभिएर दिनभर खट्दा पनि रमाइलो लागिरहेको छ । यो यसकारण पनि यस मेलामा धेरै रमाइलो लागेको हो किनभने विद्यार्थीहरू तथा हामी शिक्षक कर्मचारी मिलेर भाग्य—चिठ्ठाको टिकट वेचेर यसको आर्थिक श्रोत र खेलका पुरस्कारका लागि सामग्री जुटाएका हौं ।”

साना नानीबाबुहरूले आफ्ना अभिभावकहरूसँग कुपन किनिदिन गरेको आग्रह र गलफत्ति मेलाको अर्को रमाइलो पाटो थियो । कार्यक्रम अवधिभर विद्यालयकै पुराना विद्यार्थीहरूको समूहले सांगितिक प्रस्तुती दिएर मनोरञ्जन प्रदान गरेको थियो भने १० कक्षाका विद्यार्थी भाई सक्षम पौडेलले विङ्गाे खेलाएर मनाेरंजन दिएका थिए ।

विङ्गाेकाे फूल प्राइज विजेता अभिभावक सुरेशजंग शाहको विचारमा “शिक्षण संस्थाहरूले विद्यार्थीहरूलाई समयानुकुल ज्ञान र सिप मनोरञ्जक रूपमा प्रदान गर्न तथा शिक्षासम्बन्धी निरस धारण बनाएका विद्यार्थीहरूको मनस्थीति परिवर्तन गर्न पनि यस्ता कार्यक्रमहरू उपयोगी छन् ।”

कार्यक्रमको अन्तमा भाग्योदय चिठ्ठाको नतिजा साना भाइबहिनाको हातबाट खोलेर विजेताहरूलाई प्रिन्सिपल गोविन्द शर्माले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । उपस्थित सबैलाई धन्यवाद दिदै शर्माले सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारीहरूको उत्साह र सहभागिता तारिफयोग्य रहेको र यो रमाइलो मेलाबाट संकलित रकम विद्यार्थीहरूको शैक्षिक उन्नयनका पूर्वाधारमा खर्च गरिने जानकारी दिनुभयो ।