२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरवार्ड माइक्रोफाइनान्स र सिद्धार्थ बैंकको एजिएम पुस ३० मा



अ+ अ-

काठमाडौंः फरवार्ड माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट सर्वसाधारणलाई वितरण गर्ने घोषणा गरिएको कुल ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आगामी पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

फरवार्डले ३५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, कम्पनीको जारी तथा पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।  

कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने प्रस्ताव साधारण सभामा लैजाने कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि पुस १६ गतेदेखि बुक क्लोज हुँदैछ ।

सिद्धार्थ बैंकको एजिएम पुस ३० मा, लाभांश पारित मुख्य कार्यसूची

यसैगरी, सिद्धार्थ बैंकको वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको छ । सभामा बैंकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पेश गर्नेछ ।

साथै, सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने गरी प्रस्ताव प्रस्तुत हुनेछ । बैंकले पुस १८ गते एकदिन बुक क्लोज गर्नेछ ।