२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रात्रिकालीन यातायात बन्द मात्रै दुर्घटनाको विकल्प होइन: प्रमुख सचेतक थापा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले ट्राफिक सचेतनाका कार्यक्रमहरुको प्रभावकारितामाथि प्रश्न उठाएकी छिन् ।

पूर्वाधार विकास समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले सचेतनाका कार्यक्रमहरू थुप्रै भएपनि त्यसको मूल्यांकन र फिडब्याक लिने परिपाटीमा कमजोरी रहेको बताइन् । कर्णाली प्रदेशको सन्दर्भमा कुरा राख्दै उनले रात्रिकालीन यातायात बन्द गर्ने निर्णयले जनजीवनमा पारेको असरबारे ध्यानाकर्षण गराइन् ।

उनले दुर्घटना न्युनिकरणका लागि अन्य विकल्पहरु खोजिनुपर्ने र सर्वसाधारणमाथि थपिएको सास्तीलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिइन् ।

उनले भनिन्, “सचेतनाका कार्यक्रमहरु धेरै गरिन्छन्, तर ती कार्यक्रम सकिएपछि त्यसले कत्तिको फाइदा भयो वा कत्तिको काम गर्यो भन्ने मूल्यांकन हामीले गर्यौँ कि गरेनौँ ? भन्नेकुरा मुख्य हुन्छ । कार्यक्रमहरुको फिडब्याक लिन हामी कताकता पछि परेको जस्तो देखिन्छ । के रात्रिकालीन यातायात बन्द गर्नु मात्रै दुर्घटना कम गर्ने विकल्प हो ? यस निर्णयबाट जनजीवनमा पर्न गएको असजिलो र समस्याका बारेमा हामीले किन कुरा गरेनौँ ?”

बैठकमा विभागीय मन्त्रीले राख्नुभएको योजना र ऐन कानूनका विषयमा टिप्पणी गर्दै सचेतक थापाले ती योजनाहरु कार्यान्वयनको तहमा आउनुपर्ने माग गरिन् ।