१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

मयुर नाच संरक्षणमा जुट्दै नगरपालिका

मयुर नाच संरक्षणमा जुट्दै नगरपालिका
अ अ+ अ-

जाजरकोट । जिल्लाको भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई रु ५० हजारका दरले प्रोत्साहनस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

उनले भने, “पछाडि मयुरको जस्तो प्वाँख, हातमा लट्ठी गर्दै एकापसमा मयुरको तालमा नाचिने यो संस्कृतिले हाम्रो पुरानो संस्कृतिको संरक्षणमा ठूलो सहयोग गर्छ ।” नगरपालिकाभित्र रहेका छ समूहलाई थप मनोवल प्रदान होस् भनेर कमै भए पनि आर्थिक सहयोग गरेको नगरप्रमुख घर्तीले बताए । वडा नं ६ का मयुर नाच संरक्षणमा जुटेका युवाले यो सहयोगले काम गर्न झनै सजिलो भएको बताए ।

नगरपालिकाभित्रका यस्ता संस्कृति संरक्षणले नगरपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो सहयोग पुग्ने नगरप्रमुख घर्तीले बताए । त्यस्ता संस्कृति संरक्षण गर्न सके सिङ्गो जिल्लाको संस्कृतिको संरक्षण हुने विश्वासका साथ नगरपालिकाले यो अभियान सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ । नगरपालिकाभित्र लुकेर रहेका संस्कृतिलाई संरक्षण गर्न सके भावी सन्ततिका लागि सहयोग हुने घर्तीको भनाइ छ ।

संस्कृति र परम्परासँग नेपालीको जीवन जोडिएकाले पनि संरक्षण गर्न आवश्यक रहेको उनले बताए । उक्त नगरपालिकाजस्तै जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा भएका संस्कृतिको संरक्षण गर्नुपर्नेमा सरोकारवालकाको जोड छ । पुरानो संस्कृतिले नेपाली संस्कृतिको जर्गेनासँगै मानिसको जीवनस्तर उकास्न सहयोग गर्ने भएकाले संस्कृतिको संरक्षण गर्न आवश्यक हुने सरोकारवालाको भनाइ छ ।