१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

खरका छाना विस्थापन गर्दै जस्तापाता वितरण अभियान

खरका छाना विस्थापन गर्दै जस्तापाता वितरण अभियान
अ अ+ अ-

बलेवा । खरका छाना विस्थापित गर्ने भन्दै बागलुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर खरका छाना रहेका परिवारले जस्तापाता लिन प्रस्ताव आह्वान गरेको थियो ।

एक सय ६४ जनाले प्रस्ताव पेश गरेका नगरको महिला विकास शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताए । यस वर्षका लागि विनियोजन भएको रु १५ लाख बजेटबाट ४० खरका छाना विस्थापित हुँदैछन् । नगरपालिकाले प्रस्ताव गरेका घरमा प्राविधिक खटाएर घरको अवस्था र आवश्यक जस्तापाताका विषयमा लगत सङ्कलन गरेको थियो । तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर पहिलो चरणमा जस्ता वितरण गरेको रेग्मीले बताए ।

सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले खरका छाना भएका परिवारका लागि जस्तापाता हस्तान्तरण गरेको थियो । जस्तापाता हस्तान्तरण गर्दै प्रमुख पौडेलले गरीबीका कारण खरका छानामा बस्न बाध्य भएकालाई अनुदान दिएको बताए ।

यो वर्षको कार्यक्रममा जस्तापाता पाउनेमध्ये सबैभन्दा धेरैवडा नं ११ रायडाँडा र वडा नं १० भकुण्डेमा सात/सात परिवार छन् । वडा नं १४ नारायणस्थानमा एक परिवारले मात्रै यो वर्ष जस्तापाता पाउने तथ्याङ्क नगरपालिकामा छ । प्रस्ताव आह्वानका क्रममा कतिपय वैकल्पिक व्यवस्था भएका घरले समेत माग गरी फारम पठाएकाले स्थलगत अनुगमन गरेर घर पहिचान गरेर मात्रै जस्तापाता वितरण गर्न लागिएको हो ।