१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री यादवले आगामी जेठ १ गते विश्वासको मत लिनुहुने



फाइल फोटो
अ+ अ-

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले  आगामी जेठ १ गते विश्वासको मत लिनुहुने भएको छ ।

आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले फिर्ता लिएपछि ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधानअनुसार जेठ १ गते विश्वासको मत लिन लाग्नुभएको हो ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा गठबन्धन कायम राख्ने हिजो चारै दलको बैठकले सहमति गरेपछि मन्त्रिपरिषद्को बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको छ ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका आठ जना प्रदेशसभा सदस्य छन् । चार दलको बीचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिने छ । रासस