२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बाल सुधारगृह सुधारको पर्खाइमा

बाल सुधारगृह सुधारको पर्खाइमा
अ अ+ अ-

विराटनगर । अपराध मुद्दामा संलग्न बालकलाई राखिएको ‘बाल सुधारगृह’ सुधारको पर्खाइमा छ । विराटनगर महानगरपालिका–५ मा अवस्थित सो सुधारगृह एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डारण गृह छन् ।

युसेपको व्यवस्थापनमा विसं २०७० देखि सञ्चालनमा आएको सो गृह ५० बालक अट्ने क्षमताको भए पनि अहिले २०२ बालक छन् । विभिन्न अपराधमा संलग्न यी बालकमध्ये धेरैजसो करणी मुद्दामा दोषी करार भएर बाल सुधारगृह आएको सुधारगृहका प्रमुख मिलन चौहानले जानकारी दिनुभयो ।

सुधारगृह सञ्चालनमा आएदेखि नै विभिन्न समस्या खेपिरहेको सो गृहमा तत्काल बसेर खाना खानका लागि जगदीश अग्रवालले सञ्चालनमा ल्याएको गोर्धनदास परोपकारी संस्थाबाट रु छ लाखको लागतमा एक ट्रष्ट निर्माण भइरहेको छ । यसमा बसेर खानका लागि आवश्यक टेबल र बेन्चको पनि व्यवस्था गरिएको छ ।

बालगृहमा रहेका बालकको गुनासोलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको समन्वयमा रु ९५ हजारको लागतमा ५५ इन्चको एक एलसिडी टेलिभिजन व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोलीले सो टेलिभिजन हस्तान्तरण गर्दै बाल सुधारगृहलाई क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

बाल सुधारगृहको भौतिक पूर्वाधारको विकास गर्न प्रदेश सरकारले यसै वर्ष दिएको रु ५० लाख लागतमा निर्माण गरिने भवनको केही पाटोमा त्रुटि देखिएकाले भवन निर्माणको काम रोकिएको र यसमा थप बजेट व्यवस्था गरी भवनलाई पूर्णता दिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

“कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालयमा तीन जनामात्र शिक्षक छन्, शिक्षकको सङ्ख्या बढाउनुप¥यो, १० कक्षा उत्तीर्ण गरेका बालकलाई १० जोड दुईको अध्ययन हुने व्यवस्था गृहभित्रै व्यवस्थापन हुनुपर्ने बालकको माग पूरा हुनुपर्‍यो”, चौहानले भन्नुभयो । उहाँले १८ वर्षमुनिका बालकमात्रै रहने यो गृहमा आएका बालक १८ वर्ष उमेर पार गरेपछि यही राख्न आवश्यक कर्मचारी र सुरक्षाको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 

बाल सुधारगृहमा रहेका बालकलाई उचित ज्ञान दिन दक्ष मनोविमर्शकर्ताको आवश्यकतालाई पूरा गर्नुपर्ने सुधारगृहकै अर्का कर्मचारी सरोज निरौलाले जानकारी दिनुभयो । उहाँले यी कलिला बालक सुधारगृहमा आइसकेपछि उनीहरूको चौतर्फी विकास गर्न र भोलिका दिनमा समाजमा असल नागरिक भएर बस्न सरकारले सुधारगृहको आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालले बाल सुधारगृह नामले नै सुधार गर्नुपर्ने देखिएकाले यसमा आवश्यक पूर्वाधार, दरबन्दी र बालकलाई उचित वातावरण प्रदान गर्न भरपूर मद्दत गर्ने जानकारी दिनुभयो ।