१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

टिकट वितरणका विषयमा ध्यानाकर्षण

टिकट वितरणका विषयमा ध्यानाकर्षण
अ अ+ अ-

सिञ्जा । जुम्ला विमानस्थलमा टिकट वितरणमा सर्वसाधारणलाई सास्ती भएको विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ध्यानाकर्षण गराएको छ । महासङ्घले लिखितपत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।

महासङ्घका अध्यक्ष बरमबहादुर महत, उपाध्यक्ष नेत्र शाही, केन्द्रीय सदस्य पूर्ण चौलागाईं, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत र जुम्लास्थित पत्रकारसहितको टोलीले विमानस्थलमा गई नागरिक उड्डयन प्राधिकरण, विभिन्न एयरलाइन्स, जिल्ला प्रशासन कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई टिकट वितरणमा पारदर्शिता हुनुपर्ने, नेपाल एयरलाइन्सको जहाजको उडान थप्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष महतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विमानस्थलमा लामो समयदेखि टिकट वितरण प्रणालीमा सर्वसाधारणको पहुँच नरहेको र बिक्रीकक्षबाट टिकट वितरण नभएको प्रति महासङ्घ शाखा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सर्वसाधारणले टिकट नपाउने र पहुँचवालाकै हालीमुहाली भएको भन्ने जनताको गुनासोका आधारमा महासङ्घले गत कात्तिक ३०, यही मङ्सिर १ र २ गते स्थलगत अनुगमनसहित सूचना लिँदा सर्वसाधारणको पहुँच बाहिर बिक्री कार्यालय नै नखोली टिकट वितरण गरिएको पाइएको जनाइएको छ ।

फिर्ता टिकटका नाममा बिरामीलाई समेत प्रभावित भई ढिलाइ हुने समस्या जस्ताको तस्तै भएको ज्ञापनपत्रमा उल्लेख छ । यसैगरी गत कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको उपस्थितिमा समेत गरिएको बिक्री कार्यालयबाट टिकट वितरण गर्ने भन्ने निर्णय कार्यान्वयन नभएको, टिकट सम्पर्क कार्यालयमा नभई व्यक्तिको पछाडि लाग्नुपर्ने अवस्थाले पर्यटकलाई समेत हैरान बनाएको तथा फिर्ता टिकटको नाममा सास्ती भएको छ । महासङ्घले नसच्चिए जनताको अधिकार प्राप्तिका लागि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।