४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नीति तथा कार्यक्रम परम्परागत र उत्साहहीन, प्रधानमन्त्रीको व्यवहार अशोभनीयः नेकपा

नीति तथा कार्यक्रम परम्परागत र उत्साहहीन, प्रधानमन्त्रीको व्यवहार अशोभनीयः नेकपा
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आम जनतामा कुनै नयाँ उत्साह जगाउन नसकेको टिप्पणी गर्नुभएको छ ।

नयाँ सरकार गठन भएसँगै नीति तथा कार्यक्रममा नवीनता र विशेष योजनाको अपेक्षा गरिए पनि यो केवल विगतकै निरन्तरता मात्र भएको उहाँले बताउनुभएको हो ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक दुलालले सरकारको नीति तथा कार्यक्रमलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ को संज्ञा दिनुभयो । उहाँले २०७४/७५ देखि नै प्रदेश र संघको नीति कार्यक्रम उस्तै शैलीमा आइरहेको उल्लेख गर्दै यसपटक पनि कुनै नयाँ ऊर्जा वा सोच नदेखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय कुरामा निरन्तरता हुनु स्वाभाविक भएपनि जुन खालको नयाँ अपेक्षा र सपना देखाइएको थियो, ती अधुरै रहेका छन् । नीति कार्यक्रम सुन्दै गर्दा यसमा नवीन शब्द र ऊर्जा हराएको महशुस भयो ।’

सम्बोधनका क्रममा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह कबीचमै संसद हलबाट बाहिरिएको विषयलाई दुलालले ‘अशोभनीय हर्कत’ र ‘राष्ट्रिय लज्जा’ को विषय बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मर्यादित राष्ट्र प्रमुखले आफैँले हस्तान्तरण गरेको प्रति पढ्दै गर्दा बीचमै छोडेर हिँड्नु संसदीय मर्यादा विपरीत छ । सायद प्रधानमन्त्री ज्यूलाई आफ्नै कार्यक्रम सुन्न पनि बोर लागेर होला ।’

सुशासन, विधिको शासन र रोजगारी सिर्जनाका सवालमा सरकार चुकेको उहाँको तर्क छ । निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले युवाहरूलाई स्वदेशमै रोक्ने र बन्द उद्योग सञ्चालन गर्ने आश्वासन दिएपनि नीति तथा कार्यक्रममा ती विषयले ठोस प्राथमिकता नपाएको उहाँले बताउनु भयो ।

वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई फर्काउने र स्वदेशमै अवसर दिने खालका नविनतम कार्यक्रम आउने अपेक्षा पूरा नभएको उहाँले औँल्याउनु भयो ।

नीति तथा कार्यक्रममा केही सकारात्मक बुँदाहरू रहेकाले आफू पूर्ण रूपमा निराश नभएको स्पष्ट पार्दै उहाँले कार्यान्वयनको पक्षमा भने कुनै ठूलो चुनौती नदेखिएको बताउनु भयो ।

परम्परागत कार्यक्रम भएकाले यसको कार्यान्वयन सामान्य रहने उहाँको विश्लेषण छ । यद्यपि, नयाँ सरकारले जनतामा नयाँ उत्साह र आशाको सञ्चार गर्नुपर्नेमा सरकार चुकेको उहाँको निष्कर्ष छ । –न्युज एजेन्सी नेपाल