१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

डोल्पामा भगवानको भए चोरी

डोल्पामा भगवानको भए चोरी
अ अ+ अ-

जाजरकोट । भगवान पनि चोरी हुन्छ भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मुर्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ ।

डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।

पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयवासी तम्सु गाल्वा लामाले बताउनुभयो । आधाभन्दा बढी मूल्यवान सामग्री हराइसकेको ङ्वाङ लुम्डुप गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकाले संरक्षणमा समस्य भएको छ ।

अघिल्लो वर्षमा मात्र शे–फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधि नै पक्राउमा परेका थिए । अहिले उपल्लो डोल्पाका छ वटा प्रहरीचौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन् सुरक्षा चुनौती थपिएको गुम्बाक गुरुङले बताउनुभयो । उपल्लो डोल्पा बौद्ध गुम्बा धेरै भएको ठाउँको रुपमा गणना हुने गर्दछ । बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा १०७ वटा गुम्बा दर्ता भएका छन् । सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी, निकासी गर्नेलाई थप बल पुगेको छ ।

गर्मीयाममा मात्र यहाँका स्थानीयवासी उपल्लो डोल्पामा बस्छन् भने चिसो मौसममा बेँसी झर्ने भएकाले मानिसको कम चहलपहल भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, शे फोक्सुन्डोलगायत स्थानीय तह निकै दुगर्ममा पर्दछन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षलगायतको टोलीमा माथि अदालतमा मुद्दा चलिरहेको छ । पुर्पक्षका लागि थुनामा रहेको रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले उपल्लो डोल्पामा रहेका बुद्धमूर्र्ति, गुम्बाको संरक्षणका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चरिरहेको छ, जिल्ला सुरक्षा समितिको बैठक बसेपछि त्यहाँको सुरक्षाका लागि छिट्टै निर्णयमा पुगिने छ ।” अहिले उपल्लो डोल्पामा हिमपात कारण जान सक्ने अवस्था नभएका कारण त्यहाँको सुरक्षाका लागि विशेष योजना बनाएर काम गर्ने भन्नेमा हामी रहेको छौँ, यहाँले भन्नुभयो । चिनियाँ सीमा नाका नजिक भएकै कारण चोरी निकासी नियन्त्रणमा थप समस्या भएको छ । समूहमा आउने डाँकाको समूहले गुम्बामा रहेका लामालाई बाँधेर चोरी गर्दै आएका छन् । यहाँ रहेका बुद्धमूर्र्ति कति मात्रामा छन् र कसरी राखिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।

कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा स्थापित मात्र नभएर धार्मिकरुपमा पनि उत्तिकै महत्व राख्ने उपल्लो डोल्पाका संरचना जोगाएर संरक्षण गर्नसके हरेक दृष्टिकोणले फाइदामा लिन सकिने छ । राज्यले यहाँ भएका बहुमूल्य वस्तुको चोरी, निकासी र पैठारी रोक्नका लागि विशेष योजना बनाएर युद्धस्तरमा काम नगरे सबै भएका वस्तु हराएर जाने निश्चित भएको सरोकारवाला बताउँछन् । स्थानीयवासीलाई विशेष तालीम दिएर संरक्षणका लागि जोड दिन सके केही समस्या हल हुनसक्ने बुझाइ स्थानीयको छ । स्थानीय सरकारले पनि इतिहाससँग जोडिएका वस्तु संरक्षण गर्न पहल कदमी लिनुपर्ने स्थानीयवासी बताउँछन् ।