१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

नेपाल चिकित्सक सङ्घको महासचिवमा डा रिजालले उम्मेदवारी दिने

नेपाल चिकित्सक सङ्घको महासचिवमा डा रिजालले उम्मेदवारी दिने
अ अ+ अ-

काठमाडौँ । चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा बद्री रिजालले उम्मेदवारी दिनुहुने भएको छ ।

आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र सदस्य छ पद गरी कूल १३ पदमा निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक सङ्घको सोमबार बसेको बैठकले उहाँलाई सो पदमा उठाउने निर्णय गरेको हो ।

यसअघि सङ्घको अध्यक्ष पदमा डा लोचन कार्कीलाई उठाउने निर्णय भएको थियो । डा कार्की सङ्घको महासचिव हुनुहुन्छ । सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्वअध्यक्षहरु डा केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुसालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्षसहित रिजाललाई महासचिव पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो ।

यसैगरी दुईवटा उपाध्यक्ष पदमा डा शिवकुमार श्रेष्ठ र डा अनिलविक्रम कार्की, सहसचिव पदमा चिकित्सक प्रकाश बुढाथोकी, कोषाध्यक्ष पदमा चिकित्सक शिवजी पौडेल र सहकोषाध्यक्ष पदमा डा विश्वराज दवाडीलाई उठाउने निर्णय भएको छ । बाँकी कार्यसमितिको सदस्य पदको टुङ्गो छिट्टै लगाइने लोकतान्त्रिक चिकित्सक सङ्घले जनाएको छ ।

यसअघि डा पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । विसं २००७ फागुन २० गते नेपाल डा सङ्घको स्थापना भएको थियो । स्थापना समयदेखि हालसम्म सङ्घको नेतृत्व प्रजातान्त्रिक चिकित्सकले गर्दै आएका छन् ।

यसैबीच सङ्घले आज सूचना जारी गरी केन्द्रीय निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत मङ्सिर १४ गते शनिबारसम्म सङ्घको आजीवन सदस्य बन्नुपर्ने, मतदाताको नामावली मङ्सिर २३ गते सोमबार प्रकाशित हुने, उम्मेदवारको मनोनयन दर्ता मङ्सिर २७ र २८ गते १ बजेसम्म हुने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर ३० गते सोमबार हुने जनाइएको छ ।

सङ्घको १६ वटा शाखा कार्यालयमा माघ ४ गते शनिबार र ५ गते आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म र केन्द्रीय कार्यालयमा माघ १७ गतेदेखि २१ गते मङ्गलबारसम्म सोही समयमा गोप्य मतदान हुने सूचनामा जनाइएको छ । मतगणना माघ २२ गते बुधबार ११ बजेपछि हुनेछ । सङ्घको प्रमुख निर्वाचन अधिकृतमा डा बाबुराम मरासिनी र निर्वाचन अधिकृतमा डा नवीन्द्रराज विष्ट र डा योविनकुमार यादव रहनुभएको छ ।