२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत



अ+ अ-

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

सिंहदबारस्थित संसद् भवनको बहुउद्देश्यीय कक्षमा भएको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गर्नुभयो ।

राष्ट्रपतिको सम्बोधन जारी छ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको हो ।