३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा र बाराका औद्योगिक नगरीमा पनि आर्थिक गणना हुँदै



अ+ अ-

काठमाडाैँ । औद्योगिक तथा व्यापारिक नगरी पर्सा र बारामा पनि आर्थिक गणना हुने भएको छ । ‘अर्थतन्त्रको मापनका लागि आर्थिक गणना भन्ने’ नारासहित राष्ट्रिय औद्योगिक गणना २०८२ सञ्चालन गर्न लागिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले आर्थिक गणना गर्न लागेको सम्बन्धित निकायले आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गर्नुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय पर्साले गणकहरु खटाएर विसं २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक अन्य विभिन्न प्रकारका सङ्घसंस्था तथा कार्यालय, प्रतिष्ठानहरूमा तथ्याङ्क सङ्कलन गर्न लागेको हो । सहायक प्रजिअ पोखरेलले आआफ्नो प्रतिष्ठानका क्रियाकलापसम्बन्धी सत्यतथ्य विवरण उपलब्ध गराई राष्ट्रिय आर्थिक गणना, २०८२ सफल पार्न आवश्यक सहयोग र समन्वय गरिदिन सबैसँग अनुरोध गर्नुुभएको छ ।

“यस राष्ट्रव्यापी कार्यमा सबै स्थानीय तह, उद्योग वाणिज्य सङ्घलगायत सबै प्रकारका निकायहरुलाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो, “तपाईँहरुले उपलब्ध गराउने विवरण कर प्रयोजन, वा अन्य कुनै पनि निकायमा प्रमाणको रुपमा पेस नगरिने र तपाईँहरूले दिनुभएको विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य रहने कानुनी व्यवस्था रहेको छ ।

अतः ढुक्क भएर आफ्नो व्यवसाय र प्रतिष्ठानको सही र पूर्ण विवरण दिनुहुन सबै सरोकारवालाहरुमा अनुरोध गरिन्छ ।” आर्थिक गणनामा दर्ता भएका वा नभएका, स्थायी वा अस्थायी सबै प्रकारका आर्थिक गतिविधि गर्ने प्रतिष्ठान र व्यवसायले यो गणनामा भाग लिन सक्ने बताइएको छ ।




भर्खरै