३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी व्यवस्थापनमा मानवीय संवेदनशीलता गुमाएको र सरकार अधिनायकवादतर्फ उन्मुख भएको नेता दंगालको आरोप



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै वर्तमान सरकार मानवीय संवेदनशीलताको पक्षमा असफल भएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

सोमवारको संसदको बैठकमा सम्बोधन गर्दै नेता दंगालले काठमाडौंमा सुकुम्बासी बस्तीमा चलाइएको डोजर र उनीहरूको व्यवस्थापनको विषयलाई लिएर सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको चर्को आलोचना गर्नुभयो । उहाँले सुकुम्बासीहरूलाई ४८ घण्टाको पनि समय नदिई रातको समयमा डोजर चलाउनुलाई ‘उद्धार’ भन्न नसकिने जिकिर गर्नुभयो ।

उहाँले वास्तविक सुकुम्बासीको लगत संकलन गरी उचित मानवीय हस्तक्षेपमार्फत व्यवस्थापन गर्नुपर्नेमा मेसिनको प्रयोग गरेर ‘कानुनी राज्य’ को उपहास गरिएको टिप्पणी गर्नुभयो । नेता दंगालले सरकारले प्रतिनिधि सभालाई छायामा पारेर अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप समेत लगाउनु भयो । संविधानको धारा ११४ बमोजिम बाध्यात्मक अवस्थामा मात्र अध्यादेश ल्याउनुपर्नेमा सरकारले यसको चरम दुरुपयोग गरेको उहाँको भनाइ छ ।

उहाँले बालेन्द्र साहको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन र पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्दै सत्तापक्षले आफ्नो अडान छाडेको र प्रतिनिधि सभालाई ‘कठपुतली’ बनाउन खोजेको बताउनु भयो । उहाँले सरकार ‘रुल अफ ल’ भन्दा पनि ‘रुल बाइ विल’ (इच्छाको शासन) तर्फ लागेको दाबी गर्नुभयो ।

पेट्रोलियम पदार्थमा भएको चरम मूल्यवृद्धिका कारण जनता आहत भएको उल्लेख गर्दै नेता दंगालले आपूर्ति श्रृङ्खला चुस्त बनाएर उपभोक्तालाई तत्काल राहत प्याकेज घोषणा गर्न माग गर्नुभयो ।

यसैगरी, विभिन्न संघसंस्थाहरूमाथि प्रतिवन्ध लगाउने र खारेज गर्ने सरकारको निर्णयले नागरिकको मौलिक हक र स्वतन्त्रताको हनन गरेको उहाँको तर्क छ । विद्यार्थी, मजदुर र पेशाकर्मीहरूलाई संगठित हुन पाउने अधिकारबाट वञ्चित गरेर सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै उहाँले यस्ता गैरसंवैधानिक अध्यादेशहरू अविलम्ब फिर्ता लिन माग गर्नुभयो ।




भर्खरै