२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा विद्यार्थीलक्षित उद्यमशीलता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने



अ+ अ-

काठमाडाैँ । नेपालमा विद्यार्थीलक्षित उद्यमशीलतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपाल कमर्श एशोसिएशनको सहकार्यमा मेघा कलेजले सम्मेलन यही जेठ १ र २ गते आयोजना गर्न लागेको हो । ललितपुरको कुमारीपाटीस्थित कलेजको प्राङ्गणमा आयोजना हुने सम्मेलन उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई उद्यमशीलतामार्फत देश विकासका लागि दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो ।

सूचना, प्रविधि, कानून, व्यवस्थापनका विभिन्न विधामा छलफल हुने र त्यसले मुलुकको समृद्धिमा पनि योगदान पु¥याउने भएको उक्त सम्मेलन आयोजना गर्न लागिएको कलेजका संस्थापक प्रधानाध्यापक डा. घनश्यामप्रसाद साहले बताउनु भयो । सम्मेलनमा कानून, सूचना, प्रविधि, उद्यमशीलतालगायतका क्षेत्रका विज्ञहरुले ४० वटा बन्दा बढि सोधपत्रहरु प्रश्तुत गर्नेछन् ।

सम्मेलनमा नेपाल, भारतलगायतका देशका प्राध्यापकहरु सहभागी हुनेछन् । संस्थापक प्रधानाध्यापक साहले सम्मेलन नेपालको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नका लागि उपयोगी हुने दाबी समेत गरे।