२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडाैँ । महोत्तरीकाे मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुमवासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ । जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो ।

“हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुुमवासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क प्रबन्ध गर्दैछौँ”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भने, “यस अभियानमा भर्ना हुने विद्यार्थीले कक्षा १२ सम्म सुविधा पाउने छन् ।” भर्ना आगामी जेठ १५ सम्म भइसक्नुपर्ने विद्यालयले जनाएको छ ।

उनले ७७ जिल्लाका विद्यार्थी सरिक हुनसक्ने स्पष्ट पारे। “यसका लागि विद्यार्थीको नाम, ठेगाना र जन्ममिति स्पष्ट खुल्नेगरी सम्बद्ध स्थानीयतहको वडा कार्यालयले सुकुुमवासी भएको प्रमाणित गरेको सिफारिस भए पुग्छ ।” प्रअ पौडेलले भने। अहिले शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क अवसर भने सुकुुमवासी परिवारका विद्यार्थीलाई लक्षित गरी ३० जनालाई दिन लागिएको हो ।

विगतमा ब्राह्मण जाति समुदायका लागिमात्र संस्कृत शिक्षा दिँदै आए पनि पछिल्ला दुई दशकयता भने विद्यालयले ‘सबैका लागि संस्कृत शिक्षा’को अवधारणाअनुसार सबैलाई पढ्ने अवसर खोलेको छ । आवास र भोजनसहितको यो अवसर अहिले छात्रका लागिमात्र भएको गुरुकुलले स्पष्ट पारेको छ । विसं १७७५ मा स्थापित यो विद्यालय सीमाक्षेत्र (दशगजा) बाट १०० मिटरमात्र भित्र छ । सीमा नजिक हुँदा यहाँ भारतीय छात्रछात्रा पनि संस्कृत अध्ययनका लागि आउने गरेका छन् । कक्षा आठदेखि १२ सम्म अध्ययन÷अध्यापन हुने गुरुकुलमा अहिले मुलुकका २७ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पौडेलले जानकारी दिए।

विद्यालयमा संस्कृततर्फ साहित्य, व्याकरण, न्याय, कर्मकाण्ड र ज्योतिषमध्ये दुई ऐच्छिक र भाषा अनिवार्य छ । यस्तै संस्कृतका अतिरिक्त साधारण विद्यालयका अनिवार्य विषय यहाँ पनि पढाइन्छन् । टाढाका गरिब विद्यार्थीका लागि गुठी संस्थानले भोजन व्यवस्थापन गर्दै आएको छ । बालगुरु षडाननले शिक्षा लिएको यो गुरुकुललाई अहिले संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन पर्ने माग बढेको छ । मटिहानी नगरपालिकाले गुरुकुललाई संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन सरकारको ध्यानाकर्षण गराइँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।