२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा



अ+ अ-

काठमाडाैँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ ।

विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ । लामो समयदेखि क्यानाडामा प्राध्यापन गर्नुभएका नेपाली भाषी प्रधानको नेतृत्वमा गठन भएको यस समितिको उपाध्यक्षमा एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन भएका हुन् ।

त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक, सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं चयन भएका छन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारी र महासचिव चूडामणि भट्टराईले एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारीका रुपमा एएनओ आएको स्पष्ट पारे। नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाली, भूटानी तथा भारतीय नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

सो कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटा, कोषाध्यक्ष इन्दिरा रिजाल, प्राध्यापक डा तुलसी धरेल, डा गोविन्दसिंह रावत, प्राध्यापक डा राजेन्द्र पन्थीलगायतले नवगठिन कार्यसमितिलाई शुभकामना दिएका थिए ।