५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा ३ वर्षमा ६ सय लिए सुरक्षित गर्भपतन सेवा



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौं । झापामा  सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ छन् । नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट, स्वास्थ्य सेवा केन्द्रलगायत छन् ।

निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि यो सेवा प्रदान गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार विगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका ६०६ छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये २९२ जना २० वर्षमुनिका किशोरी थिए । यो सङ्ख्या पछिल्ला वर्षहरुमा घट्दो अवस्थामा छ । आव २०८१÷८२ मा सुरक्षित गर्भपतन सेवा लिनेको कूल सङ्ख्या तीन हजार ६३७ जना र २० वर्षमुनिका १८३ जना किशोरी थिए ।

आव २०८२÷८३ को चैत मसान्तसम्ममा सेवा लिनेको कूल सङ्ख्या दुई हजार ५८५ जना र २० वर्षमुनिका किशोरीको सङ्ख्या १३१ जना पुगिसकेको श्रेष्ठले बताउनुभयो । विगत तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा सुरक्षित गर्भपतनका लागि महिलाले शल्यक्रियाभन्दा औषधि सेवनको विधि रुचाएको देखिएको छ ।

आव २०८०÷८१ देखि चालु आव २०८२÷८३ सम्ममा औषधि विधि प्रयोग गरेर छ हजार १६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । सुरक्षित गर्भपतन गराउने कूल १० हजार ४१ जनामध्ये चार हजार २५ जनाले मात्र शल्यक्रिया विधि रोजेका थिए । असुरक्षित गर्भपतनका कारण मृत्युको घटना सरकारी अभिलेखमा छैन । तथापि सूचीकृत नभएका र निजी स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने जोखिममा हुन्छन् । यसको आधिकारिक तथ्याङ्क उपलब्ध हुँदैन ।

सरकारी स्वास्थ्यमा जाँदा नाम लेखिने र व्यक्तिगत विवरण खोजिने भएका कारण गोपनियताका लागि कतिपय महिला सूचीकृत नभएका संस्था र योग्यता नपुगेका स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिन पुग्ने गरेका बताइएको छ ।




भर्खरै