काठमाडौं । वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।आज एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गर्नुभयो ।मेयर सरावगीसंगै ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्य एमालेमा प्रवेश गरेको छन् ।
सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी हुनु भएको थियो ।