२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द
अ अ+ अ-

सिमकोट । विद्युतको  अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताउनुभयो ।

विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो । उक्त निर्णय उल्लङ्घन गर्दै आफूहरूलाई तलब नदिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको अपरेटर लामाले बताउनुभयो ।

तलबका लागि प्रत्येक घरपरिवारले रु १०० सङ्कलन गर्नुपर्ने हो । त्यो रकम सङ्कलन नगर्दा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको लामाको भनाइ छ । तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उहाँले बताउनुभयो । रासस