४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार पार्टीको संसद सरकार समन्वय समितिले पर्यटन बोर्ड काठमाडौँमा आयोजना गरेको ‘नीति मन्थन विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन’ कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताउनुभयो ।

“सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?” सभापति लामिछानेले प्रश्न गर्नुभयो । जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताउनुभयो । “तीसौँ वर्षदेखि खोलाको छेउमा दुर्गन्ध र अस्वस्थता तथा असुरक्षाका बीच नागरिकले रात काटेको विषयमा त्यति धेरै चिन्ता भएन, तर त्यसलाई व्यवस्थित ढङ्गबाट समाधान गर्न सरकारले चालेको कदमका बारेमा असंवेदनशील भएर टिप्पणी गरिनु न्यायसङ्गत भएन”, उहाँले भन्नुभयो ।

भोटका लागि राजनीति गर्ने युगबाट सम्पूर्ण राजनीतिक दल बाहिर निस्कनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्ष विभाजित हुन नहिुने बताउनुभयो । “नदी किनारमा, ढल बगेको ठाउँमा, प्रदूषणको सामुन्ने ३०औँ वर्ष बिताउँदा कति नागरिकको अल्पायूमै ज्यान गयो होला र कतिको भविष्य अन्धकार भयो होला ? आज त्यसका बारेमा चासो दिइयो ?”, उहाँले प्रश्न गर्नुभयो ।

सभापति लामिछानले सीमित स्रोत साधनका बाबजुद विपद् व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरिरहेका निकायको क्षमतालाई एकीकृत गरेर क्षति कम गर्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका महामन्त्री एवं पार्टी–संसद्–सरकार समन्वय परिषद्का संयोजक भूपदेव शाहले बर्सेनि प्राकृतिक विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न सघाउ पु¥याउने उद्देश्यले नीति मन्थन आयोजना गरिएको बताउनुभयो ।

“पार्टी, संसद् र सरकारबीच आवश्यक समन्वय नभएको अवस्थामा नीति एकातिर र नियती अर्कातिर हुन्छ”, उहाँले भन्नुभयो, “आजको नीति मन्थलले यी तीन निकायबीचको समन्वयलाई थप कसिलो बनाउनेछ ।”

छलफलबाट आएका निष्कर्ष र सुझाव सांसदहरुका लागि प्रमाण, मन्त्रीका लागि कार्ययोजना बनाउने मार्गचित्र बन्ने महामन्त्री शाहको भनाइ थियो । “विपद् आउँदा हारगुहार गर्ने प्रवृत्तिलाई पूर्वसतर्कता र पूर्वतयारीमा बदल्नुपर्छ”, उहाँले भन्नुभयो, “रास्वपाले आफ्नो साङ्गठनिक संरचनालाई निर्वाचन जित्न मात्रै नभई सङ्कटमा नागरिकको सारथी बन्नका लागि तयार पारेको हो ।”

पार्टीमा आबद्ध स्वयंसेवकलाई विपद्का समयमा उद्धार र राहतका लागि स्थानीयस्तरमै परिचालन हुन सक्ने गरी प्रशिक्षित बनाइने उल्लेख गर्दै संयोजक शाहले सूचना प्रवाह र सञ्चारमा स्थानीय संयन्त्रले पूर्वचेतावनी प्रणालीका रुपमा काम गर्ने बताउनुभयो ।

छलफलबाट प्राप्त हुने सुझावका आधारमा आगामी मनसुनमा बाढीपहिरो र सरुवा रोगबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारलाई रचनात्मक सहयोग गर्ने उहाँको भनाइ थियो । रासस