काठमाडाैँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यातायात क्षेत्रसँग जोडिएका सबै क्षेत्रको हकहित र संरक्षणमा मन्त्रालय सधैँ साथमा रहने बताउनुभएको हो ।
उहाँले आवश्यकताका आधारमा यातयात व्यवसायीहरुसंगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले यातायात क्षेत्रमा कार्यरत श्रमिक तथा व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न पनि आग्रह गर्नुभयो । यातयात क्षेत्र संवेदनशील क्षेत्र भएकोले सेवा प्रवाहमा अनुशासन र यात्रुको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यातयात व्यवसायीहरुलाई एकजुट भएर काम गर्न पनि आग्रह गर्नुभयो । यातायात क्षेत्रको सुधारका लागि सरकार, व्यवसायी र श्रमिकबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ ।











