३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश प्रतिवद्धः मन्त्री नेपाली



अ+ अ-

काठमाडाैँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा  बोल्दै उहाँले  यातायात क्षेत्रसँग जोडिएका सबै क्षेत्रको हकहित र संरक्षणमा मन्त्रालय सधैँ साथमा रहने बताउनुभएको हो ।

उहाँले आवश्यकताका आधारमा यातयात व्यवसायीहरुसंगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले यातायात क्षेत्रमा कार्यरत श्रमिक तथा व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न पनि आग्रह गर्नुभयो । यातयात क्षेत्र संवेदनशील क्षेत्र भएकोले सेवा प्रवाहमा अनुशासन र यात्रुको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यातयात व्यवसायीहरुलाई एकजुट भएर काम गर्न पनि आग्रह गर्नुभयो । यातायात क्षेत्रको सुधारका लागि सरकार, व्यवसायी र श्रमिकबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ ।