१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

ज्येष्ठ नागरिकका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौतीः ईश्वर पोखरेल

ज्येष्ठ नागरिकका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौतीः ईश्वर पोखरेल
Ishwor Pokharel
अ अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उनले बदलिँदो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताए । ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने दायित्व सबै पक्षको भएको उनले बताए ।

पुराना पुस्ताका ज्ञान र विचारलाई नयाँ पुस्तामा लैजान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । संघीय सरकार, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । उनकाअनुसार प्रतिष्ठानले व्यवसायिक तथा प्राविधिक शिक्षाको प्रवद्र्धनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नेछ ।

नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा पनि गठन गर्ने जानकारी दिए । उनले प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्वहरूको विचार र योगदानलाई नयाँ पुस्तासँग लैजाने बताए ।

उनले मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुका लागी अगाडी सारेको सामाजिक सुरक्षा भत्तासम्बन्धी योजना हाल प्रभावकारी भएको पनि स्मरण गराए । शनिवारदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सकिएको हो ।