२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदलाई रविको निर्देशन- भाइरलको दुनियाँबाट बाहिर निस्किनुस्, अभिनय नगर्नुस



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई भाइरल बन्ने दौडमा नलाग्न सुझाव दिनु भएको छ ।

आज पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति लामिछानेले समितिहरूमा क्यामरा देखेपछि यत्तिकै जोसमा आएर बोल्न छोडेर विधेयकहरूमा केन्द्रित हुन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो ‘माननीयज्यूहरू, अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ । यो तपाईँको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईँको । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ । अलिकति बाहिर निस्किनुस् ।’

उहाँले भन्नुभयो ‘मन त पर्छ आफ्नो बारेमा राम्रो चर्चा भएको । त्यस्तो लोभको केही अंश ममा पनि नभएको होइन । आफ्नो कभरेज राम्रो होस भन्ने स्वभाविकरुपमा आशा र अपेक्षा रहन्छ । तर हामी लोकप्रियताको आडमा जनताको मुद्दा छायामा पार्ने दौडमा नलागौँ । यसै पटक परिणाम दिनुपर्ने छ ।’