१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी/विदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइनमा लागेका छन्ः दाहाल



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताउनुभएको छ ।

२६ औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित  एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताउनु भयो । उहाँले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला  समिक्षा गरेर सच्याउने र सिगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरी नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाईन अन्तर्गत लागि परेका छन् । यो सत्यलाई स्विकार गर्न हामीले आँट गरेनाैँ भने जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति, उनीहरुको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ । त्यसकारण अहिले समय र परिस्थितिको माग छ–हामीेले पहिले आफैलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो ? त्यसको समिक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ ।”

संयोजक दाहालले नेपाली जनताले सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताउनु भयो ।




भर्खरै