६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईको रिजल्ट कसरी हेर्ने ? सार्वजनिक भयो एसएमएस र वेबसाइटको सूची



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१०, सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत प्रकाशित गर्ने जनाएको छ।

कार्यालयले आइतबार सूचना जारी गर्दै नतिजा प्रकाशनका लागि विभिन्न सेवा प्रदायक संस्था तथा वेबसाइटलाई स्वीकृति दिइएको जानकारी गराएको हो। बोर्डका अनुसार विद्यार्थीहरूले मोबाइलमा एसएमएस, आईभीआर सेवा तथा अनलाइन वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्।

सूचनाअनुसार नेपाल टेलिकमले एसएमएस, यूएसएसडी तथा आईभीआर सेवा सञ्चालन गर्नेछ। यसका लागि १६०० सर्टकोड प्रयोग गर्न सकिनेछ। त्यसैगरी जानकी टेक्नोलोजी प्रालिले ३५००१ र एम्बिसन गुरु प्रालिले ३१०६१ सर्टकोडमार्फत एसएमएस सेवा उपलब्ध गराउनेछन्।

नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड तथा अन्य विभिन्न संस्थाका वेबसाइट पनि प्रयोग गर्न सकिने जनाइएको छ। बोर्डले www.see.gov.np, www.neb.gov.np तथा नेपाल टेलिकमको www.see.ntc.net.np बाट नतिजा हेर्न सकिने जनाएको छ।

यसैगरी कान्तिपुर पब्लिकेसन्सको www.ekantipur.com, इडु सञ्जालको www.see.edusanjal.com, खल्ती एप, कलेज इन्फो नेपालको see.collegeinfonepal.com, द कनेक्ट प्लसको theconnectplus.com, एनसेल एपको ncellapp.ncell.com.np/result लगायतका प्लेटफर्मबाट पनि नतिजा प्राप्त गर्न सकिनेछ।

त्यस्तै निमा एजुकेशन फाउन्डेशनको result.neemaacademy.com, फोनिक्स एजुकेशन फाउन्डेशनको resultayo.com, एम्बिसन गुरुको see.ambition.guru, मेरो स्टडीको see.merostudy.net तथा इन्द्रेणी टाइम्स नेटवर्कको nebeducation.com/see बाट समेत एसईई २०८२ को नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक माध्यमबाट मात्रै नतिजा हेर्न आग्रह गरेको छ।




भर्खरै