५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोस्टारिकाको राष्ट्रपतिमा लाउरा फर्नान्डेजद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । लाउरा फर्नान्डेजले कोस्टारिकाको राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सान जोसस्थित नेशनल स्टेडियममा आयोजित एक विशेष समारोहकाबिच उनले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन् ।

३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले राष्ट्रपतीय ओहोदाको प्रतीक ’स्यास’ हस्तान्तरण गरे । उक्त समारोहमा विभिन्न देशका विशिष्ट अतिथिहरूसहित करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सोभरेन पिपल्स पार्टी’ का तर्फबाट उम्मेदवार बन्नुभएकी फर्नान्डेजले गत फेब्रुअरी १ मा भएको निर्वाचनमा जित हासिल गरेकी थिइन । यसअघि उनले राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र त्यसपछि राष्ट्रपतीय मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् ।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधन गर्दै फर्नान्डेजले आफ्नो सरकारले अपराध नियन्त्रणलाई प्राथमिकता दिने र राज्यका निकायहरूमा लागुऔषध तस्करीको प्रभाव रोक्ने प्रतिवद्धता व्यक्त गरिन्। सोही अवसरमा उनले मुलुकमा एउटा नयाँ ‘मेगा–जेल’ (विशाल कारागार) निर्माण गर्ने र विश्वकै अत्याधुनिक मध्येको एक प्रहरी निगरानी केन्द्र स्थापना गर्ने योजनासमेत घोषणा गरिन्।




भर्खरै