२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते छ वेपत्ता



The first production A-10A was delivered to Davis-Monthan Air Force Base, Ariz., in October 1975. It was designed specially for the close air support mission and had the ability to combine large military loads, long loiter and wide combat radius, which proved to be vital assets to America and its allies during Operation Desert Storm. In the Gulf War, A-10s, with a mission capable rate of 95.7 percent, flew 8,100 sorties and launched 90 percent of the AGM-65 Maverick missiles. (U.S. Air Force photo)
अ+ अ-

तेहरान। ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो र माछा मार्ने जहाजमा अमेरिकी लडाकू जेटले गरेको आक्रमणमा कम्तिमा छ जना घाइते भएको र अन्य छ जना बेपत्ता भएको मेहर समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

जहाज दक्षिणी होर्मोजगन प्रान्तको बन्दर लेङ्गेह काउन्टीका गाउँलेका थिए, काउन्टी गभर्नर फोड मोरादजादेहलाई उद्धृत गर्दै एजेन्सिले जनाएको छ । ]मोरादजादेहले घाइतेलाई अस्पतालमा भर्ना गरिएको उल्लेख गर्दै आक्रमणको समयमा जहाजमा २० जना रहेको बताउनु भएको छ । इराना समाचार एजेन्सीले होर्मोजगन तटमा एक अघिल्लो रात भएको अमेरिकी आक्रमणमा कम्तिमा एक जना व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएको रिपोर्ट गरेको थियो ।

आक्रमणका कारण मालवाहक जहाजमा आगो लागेको र बाँकी चार जना बेपत्ता भएको इरनाले जनाएको छ । होर्मुजको जलक्षेत्र वरपर बिहीबार र शुक्रबार इरान र संयुक्त राज्य अमेरिकाबिच झडप सुरु भएको जनाइएको छ ।

बिहीबार राति, इरानको मुख्य सैन्य कमान्ड, खतम अल-अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सेनाले दुई इरानी जहाजमा आक्रमण गरेको थियो ।

इरानी कमान्डका प्रवक्ता इब्राहिम जोल्फाघारीले इरानी सेनाले हालै होर्मुजको पूर्व र इरानको चाबहार बन्दरगाहको दक्षिणमा अमेरिकी सैन्य जहाजमा आक्रमण गरेर ठूलो क्षति पुर्याएको जनाइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले विज्ञप्तिी जारी गर्दै सेनाले अप्रत्यासित इरानी आक्रमण रोकेको र अमेरिकी नौसेनाका जहाज स्ट्रेट अफ होर्मुज हुँदै जाँदा आत्मरक्षाका लागि आक्रमण गरेर जवाफ दिएको जनाइएको छ । रासस/सिन्ह्वा