२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

चद्रागिरिमा राजेश हमाललाई मोहनी लागेपछि… (फोटो-भिडियोसहित)

चद्रागिरिमा राजेश हमाललाई मोहनी लागेपछि… (फोटो-भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । कोरोनाका कारण ठूलो पर्दाको कामबाट फुर्सदमा रहनुभएका ‘महानायक’ राजेश हमाल पछिल्लो समय साना पर्दाका लागि केही कार्यक्रममा व्यस्त रहनुभएको छ भने सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आउनुभएको छ । 

फिटनेसका लागि गरिएका क्रियाकलापहरुलाई टिकटक बनाएर राख्ने देखि पत्नी मधुसँग विभिन्न ठाउँमा घुमफिर गरेका फोटोहरु सावजनिक गर्दै आउनुभएका हमाल केही दिनअघि धार्मिक पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्स पुग्नुभयो । हमालले चन्द्रागिरिमा जिपलाइनको यात्रादेखि भालेश्वर महादेवको दर्शनसमेत गर्नुभयो । पुसको यो चिसो, त्यसमा पनि समुद्री सतहबाट दुई हजार ५५१ मिटरको उचाइमा रहेको चन्द्रागिरिको चिसोलाई चन्द्रागिरि हिल्सको न्यायो स्वागतले हमाल मोहित बने । उनले त्यहाँ पनि भिडियो सन्देश जारी गरे । विभिन्न पोजमा फोटो खिचाए । चन्द्रागिरि हिल्सका महाप्रवन्धक अभिषेक विक्रम शाहले भन्नुभयो, ‘नायक हमाललाई चन्द्रागिरीले मोहिनी नै लगायो ।’ हमालको भनाइ उद्दृत गर्दै उहाँले भन्नुभयो, ‘म फेरी फेरि आउँछु है ।’
  
काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम दिशामा रहेको चन्द्रागिरि हिल्स समुद्री सतहबाट दुई हजार ५५१ मिटरको उचाइमा अवस्थित छ । यहाँबाट काठमाडौँ उपत्यका र अन्नपूर्णदेखि सगरमाथासम्मका हिमालय पर्वतमालाको मनोरम दृश्य देख्न सकिन्छ । चन्द्रागिरि हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केबलकार, रिसोर्ट लगायत विविध एकीकृत पर्यटकीय संरचनाहरुका कारण पछिल्लो समय चन्द्रागिरि हिल्समा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढ्न थालेको छ । 

काठमाडौं उपत्यकाको अति व्यस्त तथा तनावपूर्ण जीवनलाई केही समय भए पनि शान्तिपूर्ण र तनावरहीत बनाउन चन्द्रागिरि हिल्स उपयुक्त स्थान हो । सो ठाउँमा मुलुकका राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, नेताहरु, साधुसन्त तथा विभिन्न कलाकार पुगेपछि यसको ख्याति अझ फैलिएको छ । 

गत असोज महिनामा राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुनका लागि परिवारसहित चन्द्रागिरि रिसोर्टमा गएर बस्नुभएको थियो । त्यस्तै करिब साढे तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चन्द्रागिरि पुगेर ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कविता लेख्नुभएको थियो । कहिल्यै पूरा नहुने सपना देखाएर जनतालाई झुक्याएको भनी आलोचना भएपछि ओलीले कवितामार्फत सपनाकै कुरा गर्नुभएको थियो । 

 

पछिल्लोपटक नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपाल सहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा गएर बसेका थिए । त्यस्तै योगगुरु बाबा रामदेव तथा पतञ्जलि योगपीठका आचार्य बालकृष्णले पनि चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका थिए । पृथ्वीनारायण शाहले गोरखाबाट काठमाडौँ आउँदा सबैभन्दा पहिला यही चन्द्रागिरि आएर काठमाडौँ उपत्यकालाई हेरेका थिए भनिन्छ । डाँडाबाट काठमाडौँ उपत्यका अति नै सुन्दर देखेपछि उनले काठमाडौँ उपत्यकालाई जिती छाड्ने वाचा गरेका थिए भन्ने इतिहासमा उल्लेख छ । चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्चित भएकाले नै गत वर्ष भारतको राजधानी नयाँ दिल्लीमा आयोजित १४औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्डबाट एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्सले नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य अवार्ड प्राप्त गर्न सफल भएको थियो ।