११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी
अ अ+ अ-

काठमाडौँ। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको एक साता पुग्न लागेको छ ।

बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुमवासी बस्ती हटाइएपछि यहाँ आश्रय लिइरहेका ८९ परिवारका १९२ जनाको दैनिकी विस्तारै नयाँ लयमा अभ्यस्त बन्दै गएको छ ।

विसं २०४४ देखि बल्खुको सुकुमवासी बस्तीमा छिमेकी भएर बस्नुभएका ८४ वर्षीय मानबहादुर राई र ७२ वर्षीय गोपाल तामाङ अहिले आफूहरू एक परिवार भई बसेको अनुभूति भइरहेको बताउनुहुन्छ । राई श्रीमतीसहित सेन्टरमा बस्दै आउनुभएको छ भने तामाङ एक्लै हुनुहुन्छ ।

होल्डिङ सेन्टरमा बिहानको चिया नास्तापछि सेन्टरको परिसरको चौरमा हिँडडुल, क्यान्टिनमा नास्ता र दिनभरका गफले उहाँहरूको दैनिकी जोडिएको छ । सेन्टरमा अस्थायी बासका लागि राम्रो व्यवस्था भए पनि आफूहरू सुरक्षित र सम्मानजनक पुनस्र्थापनाको पर्खाइमा भएको बताउनुहुन्छ ।

“बिहान ५ः०० बजे उठ्छौँ, यसो हिँड्छौँ, चिया खान्छौँ । धन्यावाद छ सरकारलाई, अहिलेको अस्थायी व्यवस्था ठिक छ”, राई भन्नुहुन्छ, “तर सरकारले स्थायी व्यवस्थातर्फ पनि चाँडै काम गरिदिए राम्रो हुन्थ्यो ।”

तामाङको अपेक्षा पनि उस्तै छ, “खाना र बस्न अहिले सुविधा छ । अब स्थायी बासस्थानको व्यवस्था छिटो भए हुन्छ भन्ने आशामा छौँ ।”

यता, सेन्टरको खुला प्राङ्गणमा खेलिरहेका छन् २८ वर्षीया खुस्बु खातुनका चार सन्तान । आफ्ना चार बालबच्चाजस्तै खातुन पनि सामूहिक बसाइले अपरिचितहरूबीच पनि आत्मीयता बढाएको बताउनुहुन्छ । “धेरै जना भएर रमाइलो लाग्छ । खानपान र बसोबास ठिक छ । साथीहरूसँग गफ गरेर दिन बित्छ”, खातुनले भन्नुभयो ।

तर उहाँको चिन्ता बालबालिकाको भविष्य र पुनस्र्थापना छ । “बच्चाको पढाइ नरोकिने व्यवस्था सरकारले मिलाइदियो भने राम्रो हुन्छ”, उहाँले भन्नुभयो । सोही सेन्टरमा बस्दै आउनुभएका ५६ वर्षीय प्रेमबहादुर हुमागाईँ पेसाले सवारी चालक हुनुहुन्छ । दुर्घटनापछि काम गर्न नसकिरहेको अवस्थामा उहाँ यहाँ आउनुभएको हो । उहाँले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको वास्तविक विवरण सङ्कलनलगत्तै व्यवस्थापन गर्न माग गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “बस्ती हटाएपछि सरकारले खाना र बस्ने व्यवस्था गरेकामा धन्यवाद”, उहाँ भन्नुहुन्छ, “तर वास्तविक सुकुमवासीको पहिचान गरेर उनीहरूलाई रोजगारी र स्थायी व्यवस्थातर्फ लैजानुपर्छ । यहाँ बस्दा आफ्नै काम छोड्नुपरेको छ ।”

होल्डिङ सेन्टरमा बसोबासको व्यवस्थापनलाई लिएर सांसदहरूले पनि स्थलगत अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहजीकरणमा पुगेका सांसदहरूले आश्रय लिइरहेकासँग कुराकानी गर्दै उहाँहरूको आवश्यकता र अवस्थाबारे जानकारी लिनुभएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले खरिपाटीको व्यवस्थापन अपेक्षाभन्दा राम्रो पाएको प्रतिक्रिया दिनुभयो । “ट्वाइलेट, खुला ठाउँ, सरसफाइ, स्वास्थ्य सेवा, एम्बुलेन्स सबै व्यवस्थित देखियो”, उहाँले भन्नुभयो, “बालबालिकाको शिक्षामा थप समन्वय आवश्यकता रहेछ ।”

सांसद यज्ञमणि न्यौपानेले भक्तपुरको व्यवस्थापन तुलनात्मक रूपमा व्यवस्थित देखिएको बताउनुभयो । “बसोबास सहज देखिन्छ । अब राज्यले पुनर्बास, शिक्षा, स्वास्थ्य र रोजगारीतर्फ ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । सांसद मनमाया विश्वकर्माले पनि खानेबस्ने व्यवस्थामा गुनासो नदेखिएको उल्लेख गर्दै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकाको आवश्यकतामा थप ध्यान दिनुपर्ने बताउनुभयो ।

होल्डिङ सेन्टर व्यवस्थापनमा सहरी विकास मन्त्रालयले मुख्य व्यवस्थापनको काम गरिरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयले आवश्यक सामग्री उपलब्ध गराइरहेको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समन्वय गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालकाअनुसार सेन्टरमा मानसिक स्वास्थ्य परामर्शसँगै स्वास्थ्योपचार र औषधि उपलब्ध गराइएको जानकारी दिनुभयो ।

सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको वास्तविक समस्याको पहिचान र न्यायोचित व्यवस्थापनका लागि जनप्रतिनिधिहरूलाई पनि अवलोकनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । “यस संवेदनशील विषयमा वस्तुस्थिति बुझ्न र जनप्रतिनिधिको अनुभव समेट्न सांसदहरूको सहभागिता गराइएको हो”, उहाँले भन्नुभयो ।

सेन्टरका प्रशासन प्रमुख भरत केसीका अनुसार अहिले ३० जना बालबालिकाका लागि ‘मल्टिग्रेड टिचिङ’ सुरु गरिएको छ । “आइतबारदेखि नजिकैका विद्यालयमा भर्ना गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

जागृति माविका शिक्षक रमेश मैनालीका अनुसार सामाजिक सञ्जालमा बालबालिकाको अवस्था देखेपछि शिक्षकहरू स्वयं सहकार्यका लागि विद्यालय तयार रहेको बताउनुभयो । “हाम्रो विद्यालयमा थप ४० जना विद्यार्थी पढाउने क्षमता छ । स्कुल बसको व्यवस्थासहित यहाँका बालबालिकालाई पढाउन तयार छौँ”, उहाँले भन्नुभयो ।

अस्थायी होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारका बालबालिकाको शिक्षा प्रभावित हुन नदिनका लागि पायक पर्ने विद्यालयमा पढाउने व्यवस्था मिलाउने तयारी तत्कालै थाल्ने सेन्टरका प्रशासन प्रमुख केसीले बताउनुभयो । रासस