११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
अ अ+ अ-

बाँके। द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनःसञ्चानलमा आउने भएको छ ।

भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगञ्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थानको काम भइरहेको बताउनुभयो ।

“यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो”, उहाँले भन्नुभयो । भन्सार नियमावली, २०८३ मा बाँकेको नरैनापुरस्थित छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुसी देखिएका छन् ।

सात वटा छोटी भन्सार रहेको बाँकेमा अन्य कार्यालय बन्द भए पनि नरैनापुरको छोटी भन्सार पुनःसञ्चालनका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगञ्जका प्रमुख जर्नादन पौडेलले जानकारी दिनुभयो । “यहाँ रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै अहिले सञ्चालनमा आउनेगरी तयारी भएको छ”, उहाँले भन्नुभयो ।

अवैध समान ओसारपसारका लागि यो भन्सारको दुरुपयोग हुनसक्ने जोखिम भने रहेको उल्लेख गर्दै उहाँले भन्सार जाँचलाई कडाइ गरिने बताउनुभयो । नरैनापुरबाट आलु, प्याज र केही पशु आउन सक्ने उहाँको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी ओलीले छोटी भन्सार पुनः सञ्चालनमा आउनु स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गर्दै उहाँले राजस्व सङ्कलन बढ्नुका साथै तस्करी नियन्त्रणमा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकामा हुने घुइँचो घटने विश्वास व्यक्त गर्नुभयो । उहाँले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिनुभयो ।

“चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ । यसले गर्दा राज्यलाई राजश्व सङ्कलनमा पनि थप टेवा पुग्ने छ”, श्रेष्ठले भन्नुभयो । सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्जका व्यवसायीका लागि यो सकारात्मक अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने धारणा राख्नुभयो ।

द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात वटा छोटी भन्सार सुरक्षा सम्वेदनशीलताका कारण बन्द भएका थिए । रासस