१२ श्रावण २०८३, मंगलवार
,
Latest
नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने ४ जना पक्राउ



अ+ अ-

बैतडी। बैतडीमा प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने ४ जना पक्राउ परेका छन्।

शिवनाथ गाउँपालिका -४ लोजनीस्थित पिपलकोट माविद्वारा सञ्चालित को विद्यालय शिक्षकको परीक्षामा फेल भएको भनि प्रधानाध्यापक दामोदर ओझालाई कालो मोसो र जुत्ताको माला लगाई दुर्व्यवहार गरिएको थियो।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकै परिवारका ४ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बैतडीको शिवनाथ गाउँपालिका ४ खडिक बस्ने ३० वर्षीया तारा महता (परीक्षामा फेल हुने)

सोही ठाउँका ४२ वर्षीय प्रेम महता (उनकै श्रीमान्), ३८ वर्षीय मोहन महता (देवर) र ३४ वर्षीया सकुन्तला महता (देउरानी) रहेका छन्।

यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।