३१ श्रावण २०८३, आईतवार
,
Latest
गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान



अ+ अ-

काठमाडौँ। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध शर्माविरुद्ध उजुरी आह्वान गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको हो । यसअघि बिहीवार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

समिति सभापति वोधनारायण श्रेष्ठले शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनैपनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने गरी ब्यवस्था मिलाएको बताउनु भयो ।

उहाँले उजुरी नामसहित वा बेनामे उजुरी समेत दिन सकिने व्यवस्था गराइएको बताउनु भयो । उहाँले शर्माविरुद्ध शनिवारदेखि अगामी जेठ ४ गतेसम्म उजुरी संकलन गरिने र त्यसपछि उजुरीहरुको अध्ययनपश्चात सुनुवाइ प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संवैधानिक परिषद्बाट हामीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मााननीय डा. मनोजकुमार शर्माको नाम सिफारिस भई आयो । र यो बैठकको आयोजना भएको हो । बैठकबाट हामीले १० दिनको समय राखेर शनिवारदेखि जेठको ४ गतेसम्म उहाँको विरुद्धमा उजरीहरु संकलन गर्ने अवधी तोकेका छौँ । यो बीचमा समितिको सचिवालयमा सिधै उजुरी दर्ता गर्न सकिनेछ ।

साथै विद्युतीय माध्यमबाट समेत उजुरीहरु पठाउन सकिनेछ । प्रमुख जिल्ला अधिकारीमार्फत समेत उजुरी पठाउन सकिने व्यवस्था गरेका छौँ । नाम किटान गरेर र बेनामे उजुरी समेत पठाउन सकिनेछ । तर बेनामे उजुरीमा प्रमाणसहित पठाउने भनेका छौँ । जेठ ५ गतेदेखि उजुरीहरुको छानिवन प्रक्रिया शुरु गर्छौँ ।’

प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका शर्मा संसदीय सुनुवाई समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा ६ वर्षे पूरा कार्यकाल पूरा गर्न पाउनुहुनेछ । शर्मा संसदीय सुनुवाई समितिबाट पनि अनुमोदन भए २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्व सम्हाल्नुहुनेछ ।–न्युज एजेन्सी नेपाल