११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

अधिवेशन आह्वानको पहिलो दिन नै नीति तथा कार्यक्रम, खुम्चियो कार्यक्रममाथि सांसदहरुले आफ्नो धारणा राख्ने समय

अधिवेशन आह्वानको पहिलो दिन नै नीति तथा कार्यक्रम, खुम्चियो कार्यक्रममाथि सांसदहरुले आफ्नो धारणा राख्ने समय
अ अ+ अ-

काठमाडौँ। अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गर्ने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख २८ गते बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रश्तुत गर्नेगरी कार्य तालिका बनाएर प्रश्ताव गरेको हो ।

बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आगामी वैशाख २८ गते राष्ट्रपतिबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रश्तुत हुने बताउनु भयो । सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रमप्रति धन्यवादको प्रश्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

नीति तथा कार्यक्रम माथि वैशाख ३० गते छलफल हुने संशोधन प्रश्ताव निर्णयार्थ प्रश्तुत हुने कार्यतालिकामा राखिएको छ । साथै वैशाख ३० गते नै नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्ने तालिकामा उल्लेख छ । कार्यतालिकामा नीति तथा कार्यक्रममाथि सांसदहरुले आफ्नो धारणा राख्ने समय खुम्च्याएको छ ।

यस्तै, सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) प्रश्तुत गर्ने प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

सामान्यतया नीति तथा कार्यक्रम प्रश्तुत गर्नुअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रश्ताव बाहेक) छलफल गराउनुपर्ने हो तर सरकारले अधिवेशन बोलाउन ढिलो गरेकोले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले पनि उल्टो काम देखिने गरी कार्यतालिका बनाएको छ ।

कार्यतालिकाअनुसार वैशाख ३१ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रश्ताव बाहेक) छलफल शुरु हुनेछ । यस्तै प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीको मस्यौदामा वैशाख ३१ गते छलफल गर्ने कार्यतालिका रहेको छ ।

यस्तै आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक सर्वेक्षण जेठ १३ गते प्रतिनिधि सभामा पेश गरिने भएको छ भने कार्यतालिकाअनुसार जेठ १८ र १९ गते बजेटमाथि सामान्य छलफल हुनेछ । जेठ २० गते अर्थमन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने र विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रवक्ता गिरीकाअनुसार असार २ गते विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत गरिने र पारित गर्ने लक्ष्य राखिएको छ । यस्तै असार ३ गते आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत हुनेछ भने असार ८ गते यी विधेयकहरूलाई दफावार छलफल गरी पारित गर्ने योजना रहेको छ ।

प्रतिनिधि सभाले वैशाख २८ गतेदेखि असार ८ गतेसम्म गरिने संसदीय कामलाई समेटेर  कार्यतालिका बनाएको छ ।

प्रवक्ता गिरीले प्रतिनिधि सभाको अधिवेशनका साथसाथै २८ गते अपरान्ह ४ बजे सम्माननीय राष्ट्रपतिज्युबाट संयुक्त सभालाई हुने सम्बोधन व्यवस्थापनका विषयहरू, प्रतिनिधि सभामा अहिले उपलब्ध कार्यभार र सभाको बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सन्दर्भमा कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको बताउनु भयो ।

समितिले बनाएको कार्यतालिकामा प्रतिनिधि सभाका सदस्यहरुको सुझावहरू समेतका आधारमा परिमार्जन गरेर अन्तिम रुप दिने पनि प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रशारणमा पहिलोपटक साङ्केतिक भाषासमेत समेटेर देखाइने व्यवस्था गर्न लागेको पनि प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ बमोजिम सम्भावित कार्यतालिका तय गरेर छलफलको लागि वितरण गरेको प्रवक्ता गिरीले बताउनु भयो ।

संसदको कामलाई थप व्यवस्थित, पूर्वअनुमानयोग्य र प्रभावकारी बनाउन यसरी अग्रिम कार्यतालिका सार्वजनिक गरिँदै आएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल