१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन



अ+ अ-

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध रु चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा आशिंक सफाई दिएको थियो । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको छ ।

विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, थप कारवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिनुभयो ।  रासस