३१ श्रावण २०८३, आईतवार
,
Latest
गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनुभएको छ ।

मन्त्री चौधरीले आज विभागको अनुगमनका क्रममा देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताउनुभयो । साथै खाद्य प्रविधिको विकासमार्फत मूल्य अभिवृद्धि, पोषण सुधार तथा निर्यात प्रवर्द्धनमा पनि विभागको अहम् योगदान रहेको उहाँले उल्लेख गनुभयो ।

मन्त्री चौधरीले खाद्यवस्तुको विविधिकरण, खाद्य योगशील तथा प्रशोधन सहयोगीको प्रयोग, सीमित मापदण्ड, प्रयोगशाला सेवाको दायरा र स्रोत साधनको कमीका कारण नियमन कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । तर नियमित बजार अनुगमन, गुणस्तर परीक्षण, मोबाइल भ्यान सञ्चालन, खाद्य प्रविधि विकास तथा नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाहीजस्ता कार्य प्रशंसनीय रहेको मन्त्री चौधरीले बताउनुभयो ।

‘गुनासोरहित, छरितो र प्रभावकारी सेवा प्रवाह’ गर्न निर्देशन दिँदै मन्त्री चौधरीले कुनै पनि अवस्थामा सेवाग्राहीसँग घुस माग्ने, ढिलासुस्ती गर्ने वा नाकामा बार्गेनिङ गर्ने गतिविधि दोहोरिन नदिन निर्देशन दिनुभयो ।

उहाँले विभागलाई नियमित बजार तथा उत्पादनस्थल अनुगमन, होटलदेखि सडक किनारासम्मका सबै खाद्य व्यवसायको निगरानी, खाद्य अनुमति तथा आयात प्रक्रियालाई छरितो बनाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । यसका साथै, प्रयोगशाला सेवाको दायरा विस्तार र एक्रेडिटेसन बनाउन, विषादी, हेभी मेटल, माइकोटक्सिन तथा पानीको गुणस्तर परीक्षण विस्तार गर्न उहाँले सुझाव दिनुभयो ।

त्यस्तै, भेटेरिनरी ड्रग रेसिड्यु र एन्टिअक्सिडेन्ट परीक्षण सुरु गर्ने, आहारपूरक खाद्य पदार्थको नियमन, घरदैलोमै पुगेर उद्योगीलाई परामर्श सेवा, ट्रान्स फ्याट नियन्त्रण र लेबलिङ, प्याकेजिङ र म्यादसम्बन्धी अध्ययन तथा निगरानी गर्न पनि मन्त्री चौधरीको निर्देशन थियो । रासस