२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बङ्गलादेशमा डुङ्गामा आगलागी हुँदा ३२ को मृत्यु

बङ्गलादेशमा डुङ्गामा आगलागी हुँदा ३२ को मृत्यु
अ अ+ अ-

ढाका । पछिल्लो समुद्री त्रासदीका रुपमा दक्षिणी बङ्गलादेशमा शुक्रबार एउटा खचाखच भरिएको फेरीमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने ग्रामीण सहर झलोकाठी नजिकै बिहान दुर्घटना भएको हो । सो फेरीमा करिब ५०० यात्रु सवार थिए । 

“तीन तले अभिजन–१० मा नदीको बीचमा आगलागी भएको छ, हामीले ३२ जनाको शव निकालेका छौँ, मृतकको सङ्ख्या बढ्न सक्छ, अधिकांशको आगोले र केहीको खोलामा हाम फालेर मृत्यु भयो”, स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले भने ।

इञ्जिन कोठाबाट आगलागी भएको र ढाकाबाट घर फर्केका मानिसहरूले खचाखच भरिएको फेरीमा आगो लागेको इस्लामले बताए। “आगोले घाइते भएका करिब १०० जनालाई बारिसालका अस्पतालमा पठाएका छौँ”, उनले भने । 

यो दुर्घटना नदीहरुले घेरिएको डेल्टा मुलुकमा यस्तो प्रकारको घटनाहरुको शृङ्खलामा नवीन थियो । १७ करोड जनसङ्ख्या भएको यस देशका विज्ञहरुले कमजोर ममर्त सम्भार, सिपयार्डहरुमा सुस्त सुरक्षा मापदण्ड र भीडभाडलाई दोष दिएका छन् । 

आगलागी पनि त्रासदीको नियमित स्रोत हो। जुलाईमा ढाकाबाहिरको औद्योगिक सहर रुपगञ्जमा रहेको खाद्यान्न तथा पेय पदार्थ कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो ।

सन् २०१९ फेब्रुअरीमा ढाका अपार्टमेन्टहरूमा आगलागी हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको थियो । ती अपार्टमेन्टमा रसायनहरू अवैधरूपमा भण्डार गरिएको थियो।

गत अगस्टमा पूर्वी बङ्गलादेशको एउटा तालमा यात्रुहरूले भरिएको डुङ्गा र बालुवाले भरिएको कार्गो जहाज ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको थियो। कार्गो जहाजको स्टिलको टुप्पो र डुङ्गा ठोक्किएपछि यात्रुवाहक जहाज पल्टिएपछि गोताखोरहरूले धमिलो हिलो पानीमा थप शवहरू खोज्नुपरेको थियो।

अप्रिल र मे महिनामा दुई छुट्टाछुट्टै दुर्घटनामा ५४ जनाको मृत्यु भएको थियो । गत वर्ष जुनमा ढाकामा एउटा डुङ्गा पछाडिबाट अर्को डुङ्गासँग ठोक्किएपछि डुब्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो।

सन् २०१५ फेबु्रअरीमा एउटा खचाखच भरिएको जहाज अर्को मालबाहक जहाजसँग ठोक्किँदा कम्तीमा ७८ जनाको ज्यान गएको थियो । (एजेन्सी)