२१ भाद्र २०८३, आईतवार
,
Latest
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा दश लाख भन्दा बढी विस्थापित: राष्ट्रसङ्घ



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश लाख भन्दा बढी मानिसहरु विस्थापित रहेको जनाउनु भएको छ ।

एक लाख २६ हजार मानिसहरूलाई देश भरका ६०० भन्दा बढी सामूहिक आश्रयमा राखिएको उल्लेख गर्दै उहाँले अधिकांश विस्थापितहरू अझै आश्रय बाहिर नै रहेको बताउनु भएको छ । पत्रकारहरुसँगको दैनिक साक्षतकारको क्रममा उहाँले मार्च –२ देखि संयुक्त राष्ट्र सङ्घले ११० वटा मानवीय समुह र मिसनहरूको सेवा प्रवाहलाई सहज बनाएको जनाउनु भएको छ ।

यद्यपि, सहायता वितरण अपरेसनहरूले विभिन्न अवरोध, असुरक्षा, आवागमन प्रतिबन्ध, नागरिक पूर्वाधारमा क्षति लगायतका समस्याको सामना गर्न बाध्य रहेको जनाइएको छ ।

लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलका शान्तिरक्षकहरूले शंकास्पद गतिविधिहरू अपरेसनहरू, लगायत यस क्षेत्र भरि इजरायली सेनाहरूद्वारा सञ्चालित सैन्य गतिविधिहरूको निगरानी जारी राखेको जनाइएको छ ।

जारी हिंसाबाट शान्तिरक्षक र संयुक्त राष्ट्रसंघीय सुरक्षा स्थलहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उहाँले चेतावनी दिनु भएको छ । इजरायली सैन्य गतिविधिको कारण शुक्रबार एल बियाडाको युनिफिल क्षेत्रका तीन वटा भवनहरूमा संरचनात्मक क्षति पुगेको तथा नजिकैका क्षेत्रहरूमा आगलागी समेत भएको जनाइएको छ ।

डुजारिकले बुधबार बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणकमा बालबालिका सहित नागरिकहरूको मृत्यु भएका रिपोर्टहरू उल्लेख गर्दै गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

अप्रिलमा घोषणा गरिएको युद्धविराम पछि पनि लेबनानको राजधानीलाई लक्षित गरी भएको यो पहिलो आक्रमण भएको उहाँले उल्लेख गर्नु भएको छ ।