१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन सिनियर सेन्ट्रल जोन भलिबलः नेपालको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकाल्यो ।

लगातार दुई खेलमा जितपछि नेपालको फाइनल पुग्ने सम्भावना कायम  छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।

महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् ।

अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।