२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन सिनियर सेन्ट्रल जोन भलिबलः नेपालको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकाल्यो ।

लगातार दुई खेलमा जितपछि नेपालको फाइनल पुग्ने सम्भावना कायम  छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।

महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् ।

अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।