काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा फेला परेका छन् ।
यादव शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।