१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश सिफारिस विरूद्ध सर्वोच्चमा रिट दायर



अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्ले चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि चौतर्फी विरोध भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै उक्त सिफारिस शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गरेका छन्।

रिट दर्ता प्रक्रियामा रहेको बताइएको छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित वरिष्ठतामा अगाडि रहेका न्यायाधीशहरूलाई छाडेर शर्मालाई सिफारिस गरेको थियो।

निर्णयमा परिषद्भित्रै मतभेद देखिएको थियो। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति जनाए पनि अन्ततः प्रधानमन्त्री बालेन्द्र शाहले शर्माकै नाम अघि बढाएका थिए।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै विवाद सिर्जना भएपछि न्यायपालिकाको नेतृत्व चयन फेरि राजनीतिक र संवैधानिक बहसको केन्द्रमा पुगेको छ।

यसैबीच, श्रम संस्कृति पार्टीले उपसभामुख रूबी कुमारी ठाकुरको भूमिका प्रति दुःख व्यक्त गरेको छ, र प्रधानन्यायाधीश छनोट विधि अमान्य रहेको बताएको छ ।