१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला



अ+ अ-

सिरहा। स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा ‘कृषि तथा पोषण मेला’ आयोजना भएको छ ।

राष्ट्रिय कृषक समूह महासङ्घअन्तर्गतको पोषण परियोजनाले बिहीबार स्थानीय पालिकासँगको समन्वयमा मेला आयोजना गरेको हो ।

प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ताले मेलाको उद्घाटन गर्दै कृषकहरूलाई पोषणयुक्त र अर्गानिक कृषि उत्पादनमा लाग्न अनुरोध गर्नुभयो ।

मेलामा स्थानीय ३१ वटा कृषक समूहका उत्पादन समावेश थिए । मेला स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने र समुदायमा पोषणको महत्वबारे जानकारी गराउन आयोजना गरिएको हो । रासस