११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

आहा अर्मके झरना !

आहा अर्मके झरना !
अ अ+ अ-

म्याग्दी। धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ ।

यो झरना सुन्दर, मनमोहक र आकर्षक देखिन्छ । अग्लो पहाडको फेदीमा दुईवटा तहमा छङछङ गर्दै झर्ने अर्मके झरनाको फेदीबाट म्याग्दी नदी बग्छ ।

करिब २०० मिटर अग्लो झरनाको फेदीमा तलाउ छ । छेउमै प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । झरनालाई पर्यटकले टाढैबाट अवलोकन गर्ने र तस्बिर भिडियो लिने गर्छन् । रमणीय भए पनि अर्मके झरना सुनसान हुन्छ ।

अर्मके झरना र प्राकृतिक तातोपानी कुण्डमा पूर्वाधार निर्माण, प्रचारप्रसार र व्यवस्थापन गरी पर्यटन विकासका लागि जनप्रतिनिधिले चासो देखाएका छन् । धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले झरना र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने प्रयास गरेको बताउनुभयो ।

“म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा अर्मके झरना नजिकै हालै सडक पुुगेको छ”, उहाँले भन्नुभयो, “सडक सुविधासँगै अर्मके झरनामा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।”

सडकदेखि तातोपानी कुण्ड र अर्मके झरनामा जानका लागि म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । हाल हिउँदयाममा काठको अस्थायी साँघु र डाइभर्सन सडकबाट झरनाको फेदी र तातोपानी कुण्डमा पुग्न सकिन्छ । बर्खायाममा झरनाको पानी उडेर कुण्डको टहराका काठ भिजेर कुहिने समस्या छ । जेल्तुङदेखि १० मिनेट पैदलयात्रा र पाँच मिनेट गाडीको यात्रामा अर्मके झरना र तातोपानी कुण्डमा पुग्न सकिन्छ ।

जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको बगर तातोपानीको पोखरीमा शरीर डुबाएर स्नान गरेमा चोटपटक लागेको, गानोगोला, ग्यास्ट्रिक, छालासम्बन्धी स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

बगर हुँदै धौलागिरि हिमाल आरोहण गर्न र चक्रीय धौलागिरिको पदयात्रामा जाने पर्यटकलाई तातोपानी र झरनामा झुलाउन तथा उनीहरूको बसाइ सम्ब्याउन सहयोग पुग्ने देखिन्छ । रासस