१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्कियो



अ+ अ-

बैतडी। बैतडीमा मन्त्री सवार गाडी र बस एकआपसमा ठोक्किएका छन् ।

मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएका हुन् ।

बिहीबार साँझ सवा पाँच बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुपप्र०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सुपप्र०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

अस्थायी प्रहरी पोष्ट सलेनाबाट प्रहरी हवलदार रमेश भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर दुवै पक्षबीच छलफल गराएको थियो । छलफलपछि बस पक्षले क्षति भएको गाडी मर्मत गर्ने सहमति भएको प्रहरीले जनाएको छ ।