११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

हाम्रो बसोवास अवैध भए, हामीले दिएको मतबाट बनेको सरकार पनि अवैध होः अव्यवस्थित बसोबासी

हाम्रो बसोवास अवैध भए, हामीले दिएको मतबाट बनेको सरकार पनि अवैध होः अव्यवस्थित बसोबासी
अ अ+ अ-

काठमाडौँ। बुटवलका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफ्नो थातथलोबाट विस्थापित नगर्न र भूमिको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

‘विस्थापित होइन, स्थापित गर’ भन्ने नाराका साथ संगठित भएका उनीहरूले स्थानीय तथा संघीय सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘स्थानीय सरकारलाई भूमि अधिकार प्रत्यायोजन गर’, ‘डोजर आतंक बन्द गर’, ‘हामीलाई ध्वंश होइन, बाँच्ने अधिकार चाहियो’, र ‘घर उजाड होइन, अधिकार सुनिश्चित गर’ जस्ता मागहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

निर्वाचनका समयमा राजनीतिक दलहरूले लालपूर्जा वितरण गर्ने आश्वासन दिएर मत लिएको तर सत्तामा पुगेपछि उल्टै सुकुम्बासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरेको आरोप उनीहरको छ । आफूहरुको बसोवास अवैध हो भने आफूहरुको मतबाट बनेको सरकार पनि अवैध हुनुपर्ने उनीहरुको तर्क छ ।

प्रदर्शनका क्रममा वक्ताहरूले सरकारको ध्यान आन्तरिक सुकुम्बासी बस्ती हटाउनुभन्दा मिचिएको सीमा रक्षा र राष्ट्रिय स्वाधीनतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनीहरूले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने र सुशासन कायम गरी स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग समेत राखेका छन् ।

सुकुम्बासी समस्यालाई राजनीतिक दाउपेचको विषय मात्र नबनाई स्थायी समाधानका लागि अविलम्व लालपूर्जा वितरण प्रक्रिया अगाडि बढाउन उनीहरूले सरकारसँग माग गरेका छन् । –न्युज एजेन्सी नेपाल